
काठमाडौं, ३१ साउन । आइतबार देशभर कोरोना भाइरसका २ हजार २१२ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ७३९ जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ५२२ जना, ललितपुरमा १५४ जना र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अघिल्लो दिन काठमाडौं उपत्यकामा ७९५ जना संक्रमित थपिएका थिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ८ हजार ८८ जनाको आरटी–पीसीआर गर्दा १ हजार ७९३ जना र ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४१९ जना गरी आज २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ३२ हजार २७२ जना पुगेको छ ।















प्रतिक्रिया