३ कार्तिक २०८३, मंगलबार

‘यो मनमा’ मा प्रविन र प्रियंकाको अभियको तारिफ (यस्तो छ भिडिओ)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, २८ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ बाट चर्चामा आएका गायक रवि गहतराजको भ्वाइसपछिको पहिलो गीतले राम्रो प्रतिक्रिया पाएको छ ।

रविले गाएको पहिलो गीत ‘यो मनमा’ बोलको गीतलाई रिलिज भएको छोटो समयमै ४ लाख बढी दर्शकले युट्युवमा हेरिसकेका छन् । यस गीतमा गायक, संगीतकार तथा मोडल प्रविन राई जिङ्को शब्द तथा संगीत रहेको छ । गायक तथा एरेञ्जर मनोज थापा मगरको एरेञ्ज तथा मिक्सिङ मास्टर रहेको छ ।

वासबी इन्टरटेन्मेन्ट युट्युव च्यानलमा रहेको यस गीतको म्युजिक भिडियोलाई प्रविनले नै निर्देशन गरेका छन् । स्टोरी बेसमा बनेको यस म्युजिक भिडिओलाई पनि दर्शकले मनपराएका छन् ।

यो मनमा गीतको म्युजिक भिडिओमा प्रविन राई र प्रियंका चौधरीको अभिनय देख्न सकिन्छ । प्रविन र प्रियंकाको कामसँगै जोडी पनि जमेको छ ।

प्रविन र प्रियंकासँगै गम बी गुरुङ, विकाश गुरुङ र विक्रम तामाङको पनि अभिनय रहेको छ । यस म्युजिक भिडिओमा अनिल कटवालको सिनेमाटोग्राफी, सम्पादन तथा कलर रहेको छ ।