मुम्बई । बलिउड नायिका ज्याकलिन फर्नान्डिज ३६ वर्षमा लागेकी छिन् ।
मिस युनिभर्स श्रीलंका समेत रहेकी उनी फिल्म अभिनय अगाडि टिभी रिपोर्टर थिइन् । ११ अगष्टका दिन ज्याकलिनको जन्मदिन परेको छ ।
उनको जन्म १९८५ मा बहराइनमा भएको थियो । सिड्नी युनिभर्सिटीबाट मास कम्युनिकेशनको अध्यायन गरेकी उनले २००९ मा बलिउड डेब्यु गरेकी हुन् ।
ज्याकलिनका बुबा श्रीलंकाका संगीकार थिए । आमा मलेसियन मूलकी हुन् । उनी आमा एयर होस्टेज थिइन् ।
४ भाइबहिनी मध्येकी कान्छी छोरी ज्याकलिनको पहिले देखिनै अभिनय प्रति झुकाव थियो । १४ वर्षको उमेरमा उनले बहराइनमा एउटा कार्यक्रम समेत आयोजना गरेकी थिइन् ।
२००९ मा एक मोडलिङमा कन्फम गर्न भारत छिरेकी उनले सोही समय निर्देशक सुजोय घोषको फिल्म ‘अलादीन’का लागि अडिसनबाट छानिइन् ।
यो उनको अभिनयको पहिलो पाइला थियो । फिल्ममा ज्याकलिनको आयोजित भूमिकामा रितेश देशमुख रहेका थिए भने त्यसमा अमिताभ बच्चनको पनि मुख्य भूमिका रहेको थियो । बलिउड काम गर्न उनले हिन्दी सिकेकी थिइन् ।
ज्याकलिनको पहिलो हिट फिल्म ‘मर्डर २’ थियो । यो फिल्मपछि बलिउडमा चर्चित भएकी उनी ‘हाउसफुल २’, ‘रेश ३’ र २०१४ मा सलमान खानको साथ ‘किक’ मा देखिएकी थिइन् । सलमान खानले उनलाई बान्द्रामा फ्ल्याट समेत गिफ्ट गरेका थिए । एजेन्सी















प्रतिक्रिया