
काठमाडौं । नयाँ गीत ‘हेर्दा हेर्दै…’ को म्युजिक भिडिओ रिलिज भएको छ ।
गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीतसंयोजन रहेको छ । यो गीतमा कृष्ण काफ्ले र रिता केसीले स्वर दिएका छन् । त्यस्तै यो गीतको भिडियोमा भुवन लोहनी र रञ्जिता ढकालले अभिनय गरेका छन् । रञ्जिताको यो डेब्यु भिडियो हो ।
अमेरिका जस्तो ठाउँमा ब्यस्त जीवन बिताइरहेका युवा निर्देशक सुमन दाहालले फुर्सदको समयमा यो गीतको भिडिओ निर्देशन गरेका हुन् । भिडियोमा विकाश गुरुङको कोरियोग्राफी, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
‘हेर्दा हेर्दै…’ गीतको म्युजिक भिडिओ पवन गौतमले खिचेका हुन् । भिडियो मोडल भुवन लोहनीको जन्मदिनको अवसर पारेर सम्राट क्रियशन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।















प्रतिक्रिया