८ कार्तिक २०८३, आइतबार

माधव समूह नआए पनि एमालेले आजको स्थायी कमिटी बैठक नरोक्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ ।

हिजो शनिबारका लागि बोलाइएको बैठक विघटित कार्यदलमा रहेका ओली र नेपाल पक्षका सदस्यहरुको आग्रहमा एजेण्डामा प्रवेश नगरी स्थगित भएको थियो ।

तर आजको बैठक भने नरोकिने एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नआए पनि नरोकिने एमालेले जनाएको छ । बैठक दिउँसो ३ बजे ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा बस्दैछ ।

सो बैठकमा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरणसहितका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।