३ कार्तिक २०८३, मंगलबार

माओवादीद्वारा कलाकार केसीको जग्गा कब्जा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । हाँस्यकलाकार तथा चलचित्र निर्माता किरण केसीको ४० बिघा जग्गा मोहन वैद्य निकट क्रान्तिकारी माओवादीले कब्जामा लिएको घोषणा गरेको छ ।

केसीको माडी नगरपालिका–२ पौहारीमा रहेको सो जग्गा शनिबार दिउँसो १ बजे माओवादीले झण्डा गाडेर कब्जा गरेको जनाएको छ ।

केसीको कम्पनी ट्वान्टी–वान प्रालिले उक्त जग्गा प्लटिङ गरेको थियो । कुसुमखोलाका सुकुम्बासीले प्लटिङ गरिएको सो जग्गा नपाउँदासम्म आफूहरूको कब्जामा रहने संगठनका चितवन जिल्ला अध्यक्ष कृष्ण सुनारले बताएका छन् ।

ट्वान्टी वान ग्रुपले सो जग्गा नगरपालिकासँगको मिलेमतोमा प्लटिङ गरेको आरोप संगठनको छ । कलाकार केसीले भने जग्गा कब्जा गरिएकोबारे आफूले थाहा नपाएको बताएका छन् ।