
काठमाडौं, १६ साउन । नेकपा एमालेले आज बोलाएको स्थायी कमिटीको बैठकअघि नै आन्तरिक एकताबारे निष्कर्षमा पुग्ने प्रयासस्वरुप पार्टी नेताहरू छलफलमा जुटेका छन् ।
बैठकअघि नै कुनै न कुनै सहमतिमा पुग्नका लागि विघटित कार्यदलका सदस्यहरु पुनः छलफलमा जुटेका हुन् । पार्टीभित्रको कलहलाई मिलाउनेगरी सदस्यहरु अनौपचारिक रुपमा जुटेको एक नेताले जानकारी दिए । यसअघि असार २८ गते नै १० बुँदे प्रस्तावना तयार परेका सदस्यहरु त्यसपछि पनि पटक–पटक छलफलमै व्यस्त छन् ।
कार्यदलले गरेको सहमतिप्रति वरिष्ट नेता माधवकुमार नेपालको चित्त नबुझेपछि एकताको प्रक्रियामा ब्रेक लागेको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज शनिबार स्थायी कमिटी बैठक बोलाएका छन् । उक्त बैठकअगावै एक बिन्दुमा पुग्नेगरी सदस्यहरुबीच कुराकानी भइरहेको बताइएको छ ।















प्रतिक्रिया