
दार्चुला, १६ साउन । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ राप्लाको मालमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिँदा खसेर महाकाली नदीमा केपत्ता भएका एक नेपालीको बारेमा दार्चुला प्रशासनले चासो व्यक्त गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्लाधिकारीलाई गम्भीर ध्यानाकर्षण भएको भन्दै पत्राचार गरेको छ । घटनाबारे छानबिन गरी आवश्यक कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीले भारतको पिथौरागढ जिल्लाका समकक्षी आनन्द स्वरुपलाई पत्राचार गरेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले जानकारी दिइन् ।
बेपत्ता भएका व्यक्ति भने अझै भेटिएका छैनन् । ब्यास गाउँपालिका वडा नम्बर २ मालका स्थानीय वर्ष अन्दाजी ३५ का जयसिंह धामी तुइन तरेर भारततिर जाने बेलामा हिजो एसएसबीका जवानले तुइन काटिदिँदा ताक्लोसहित महाकाली नदीमा खसेका थिए ।















प्रतिक्रिया