
काठमाडौं, १६ साउन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मध्यपूर्वी मुलुकहरूमा कोरोना महामारीको चौथो लहर शुरु भएको दाबी गरेको छ ।
डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेकाले मध्यपूर्वी मुलुकमा चौथो लहर शुरु भएको डब्ल्यूएचओको भनाइ छ । संगठनले पहिलोपटक भारतमा फेला परेको डेल्टा मध्यपूर्वमा रहेको २२ वटामध्ये १५ वटा मुलुकमा फैलिसकेको बताएको छ ।
जसमा पाकिस्तानसहित मोरक्को, इरान लगातका मुलुक रहेका छन् ।















प्रतिक्रिया