३० आश्विन २०८३, शुक्रबार

बन्दकर्ताले जिउँदै जलाउन खोजेका ट्याक्सी चालकलाई दुई लाख रुपैंया सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pushkarlal-shrestha

काठमाडौं, २५ चैत । एमाओवादी नेतृत्वको आमहड्तालका क्रममा मंगलबार बन्दकर्ताले ट्याक्सी आजगनी दिएपछि बिचल्लीमा परेका ट्याक्सी चालक निरज बाँनियालाई दुई लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

कामना न्यूज पब्लिकेसन्स प्रालिको पहलमा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षित र रेखा दिक्षितले १ लाख रुपैयाँ, कामना न्युज पब्लिकेसन्स प्रालिले ५० हजार रुपैयाँ, एभरेष्ट डि कार्गोले २५ हजार रुपैयाँ र लेजर इन्फोटेक नेपाल (टचकन)ले २५ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

बुधवार कामना न्यूज पब्लिकेसन्स प्रालिका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले पीडित चालक बाँनियालाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । मिडियाले बोलेर र लेखर मात्र भन्दा पनि विपतमा परेकाहरुलाई सहयोग गर्नु सबैको दायित्व हो भन्ने उदेश्यका साथै पब्लिकेसनले दुई लाख रुपैयाँ सहयोग गरेको उहाँले बताउनुभयो ।

कामना पब्लिकेसन्स प्रालिले ‘कामना फाउण्डेसन’को नाममा प्रभु बैंकको केन्द्रीय कार्यालय ववरमहलमा खाता खोल्दै सहयोगको लागि सवैलाई आग्रह गरेको छ । प्रभु वैकमा खाता नम्वर ००१००१००६५९९८४०००००१ नम्बरमा सहयोग रकम जम्मा गर्न सकिने प्रालिले जनाएको छ ।