१३ कार्तिक २०८३, शुक्रबार

एमाले महासचिव पोखरेलको जन्मदिन आज, यस्तो रह्यो पोखरेलको ६१ बर्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-pokhrel

काठमाडौँ, २५ चैत । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ६२ बर्षमा प्रवेश गर्नुभएको छ ।

जन्मदिनका अवसरमा शुभकामना दिन बुधबार बिहानै एमाले महासचिव पोखरेलको टोखास्थित निवासमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरु पुगेका थिए ।

यस्तो छ पोखरेलको उतारचढाब

स्कूल जीवनमै प्रगतिशील राजनीति लाग्नुभएका इश्वर पोखरेलको जन्म २०१० सालमा ओखलढुंगाको मामखा गाउ“मा भएको हो । शिवराज र रामकुमारीको किसान परिवारमा जन्मिएका पोखरेलले स्नातकसम्म अध्ययन गर्नुभएको छ । उहा“ले २०२७ सालमा पार्टी सस्यता प्राप्त गर्नुभएको हो । भूमिगतकालमा उहाँको नाम थिए, सीताराम, नवीन, मिलन पाण्डे, विश्वास, संवत्सर ।

२०३२ सालदेखि कोअर्डिनेशन कमिटीको भूमिगत पेशेवर कार्यकर्ताको रुपमा पोखरेल कम्युनिष्ट राजनीतिमा सक्रिय हुनुभयो । २०३३ सालमा कोडिनेशन केन्द्रका केन्द्रीय सदस्य बन्नुभएका पोखरेल २०३५ सालमा मालेको संस्थापक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । २०४६ सालको चौधो महाविधेशनबाट उहाँ केन्द्रयि कमिटि सदस्य निर्वाचित हुनुभयो । यसैगरी २०४७ सालमा माले र माक्र्सवादी एकताबाट बनेको एमालेमा पनि उहाँ केन्द्रीय सदस्य हुनुभयो । २०५९ सालको सातौं महाधिवेशनपछि पोखरेललाई पार्टीको पोलिटब्युरो सदस्य र केन्द्रीय संगठन विभाग प्रमुख बनाइयो । २०५६ सालको उपनिर्वाचनमा काठमाडौं ३ बाट प्रतिनिधिसभा निर्वाचित भएका पोखरेल २०६१ सालको शेरबहादुर देउवाको नेतृत्वको सरकारको उद्योग तथा आपूर्ति मन्त्री बन्नुभयो । बाबुराम भट्टराई नेतृत्वको सरकारमा १३ दिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नुभएका पोखरेल संविधानसभा बिघटन गर्ने एमाओवादीको निर्णयप्रति असहमति जनाउँदै सरकारबाट बाहिरिनुभएको थियो ।

एमालेको आठौँ र नवौँ महाधिवेशनबाट लगातार महासचिव निर्वाचित हुनुभएका पोखरेल एमालेभित्र पुराना र नयाँ पुस्ताका नेता तथा कार्यकर्तालाई तालमेल गरेर लैजान सक्ने नेताका रुपमा चिनिनुहुन्छ । उहाँकी धर्मपत्नी मिरा ध्वजू एमाले नेतृ तथा संविधानसभाका सभासद् हुनुहुन्छ । पोखरेलका दुई छोरा छन् ।