९ कार्तिक २०८३, सोमबार

रेडपाण्डाको छालासहित २ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २ साउन । काठमाडौँ महानगरपालिका–१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला बस्ने दोलखा तामाकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय अर्जुन मग्राती रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा झोलामा लुकाई ल्याएको उक्त छाला फेला पारी पक्राउ गरेको हो ।