
काठमाडौँ, २ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच नेपाल निवास कोटेश्वरमा शनिबार साढे १ बजेदेखि भेटवार्ता भइरहेको बताइएको छ ।
उनीहरुबीच अबको रणनीतिबारे छलफल भएको बुझिएको छ । उता एमाले एकताका लागि दोस्रो पुस्ताका नेताहरु छलफल भइरहेका बेला प्रचण्ड र नेपालबीचको भेटवार्तालाई एमाले एकता भड्काउने रणनीतिका रुपमा पनि लिइएको छ ।















प्रतिक्रिया