९ कार्तिक २०८३, सोमबार

‘माधव नेपाल एमालेको अध्यक्ष सपनामा पनि बन्न नसक्ने’

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । एमालेभित्रको अन्तरिक विवादले गर्दा आफ्नै पार्टीको सरकार ढालेको आरोप लागेका वरिष्ठ नेता माधवकुमार नेपाल र उनको समूहलाई नेतृत्वले क्षमा नदिने भएको छ ।

नेपाल समूहका कारण अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेको आरोप छ । नेता नेपालसहितका नेताहरूलाई कारबाहीको जोडदार माग पनि उठेको छ । नेता नेपाल अब एमालेको अध्यक्ष बन्न नसक्ने र पार्टीमा पनि नरहने टिप्पणी हुन थालेका छन् ।

एमालेका अध्यक्ष एवम् निवर्तमान अध्यक्ष ओलीले पनि नेता नेपाल र उनको समूहलाई कारबाही गर्ने बताइसकेका छन् । ओलीको यो चेतावनीले नेपाल समूहभित्र तनाब उत्पन्न भएको छ ।

एमालेका नेता केशव बडालले पनि नेता नेपाललाई पार्टीमा बस्ने कुनै अधिकार नरहेको बताएका छन् । उनले भने, ‘माधव नेपालजीलाई एमालेमा बस्ने अधिकार छैन । एमालेको अध्यक्ष अब कहिल्यै बन्न सक्नु हुन्न । सपना नदेखे हुन्छ ।’

नेपाली कांग्रेस नेतृत्वको सरकार बनाउन नेपालले सहयोग गरेपछि एमालेभित्र दुईधार देखिएको थियो । अध्यक्ष ओली संसद विघटन गरेर निर्वाचनमा जाने पक्षमा छन् । नेता नेपाल प्रतिनिधि सभा विघटनको विपक्षमा थिए । सोही कारण एमालेभित्र दरार उत्पन्न भएको थियो ।