काठमाडौँ, २५ चैत । नेपाली काँग्रेस र नेकपा एमालेका नेताबीच गोप्य भेटवार्ता भएको छ ।
मंगलबार साँझ बालुवाटारमा भएको भेटवार्तालाई गोप्य राखिएको छ । बैठकबाट निस्कने क्रममा नेताहरुले भने बैठक बारे बोल्न चाहेनन् ।
नेकपा एमालेका महसचिव ईश्वर पोखरेलले टेलिफोनमा भने, ‘संविधानसभाको आगामी बैठकलगायतका विषयमा छलफल अनौपचारिक भएको हो । त्यस्तो कुनै निर्णय भएको छैन ।’
संविधान लेखनका विवादित विषयमा सहमति जुटाउन दलहरुबीच पटक–पटक औपचारिक÷अनौपचारिक बैठक बसेपनि सहमति जुट्न सकेको छैन ।
संविधान निर्माणका प्रमुख विवादित विषयमध्ये तीन वटा विषय सहमति नजिक पुगेकाले राज्य पुनःसंरचनाको विषयमा समेत छलफलकै आधारमा सहमति जुटाउन प्रयास गर्ने बारेमा पनि कुराकानी भएको थियो ।













प्रतिक्रिया