सर्लाही, २९ असार । सर्लाही जिल्लाको मलंगवा नगरपालिका–९ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ४८ हजार रुपियाँ बराबरको चाँदीको गहना बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको २ केजी १८ ग्राम चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट
खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यसवेला सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त चाँदीको गहना ल्याउने व्यक्ति फरार भएका थिए । बरामद चाँदीको गहना भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।















प्रतिक्रिया