९ कार्तिक २०८३, सोमबार

मोरङमा सशस्त्र प्रहरी हुँ भन्दै धाकधम्की दिने पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मोरङ, २८ असार । सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दाहरुलाई धाक धम्की दिएको अभियोगमा रंगेली नगरपालिका–२ मंगलबारे बस्ने २० वर्षीय मनिष रायलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

धनपालथान गाउँपालिका–३ मायागञ्जमा सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दारुलाई धाक धम्की दिँदै हिँडि रहेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।