
कञ्चनपुर, २७ असार । भिमदत्त नगरपालिका–९ मटैना बस्ने ५३ वर्षीय वीर सिंह महराको आइतबार बिहान चट्याङ लागेर मृत्यु भएको छ । घरभित्र बसिरहेको अवस्थामा उनको चट्याङ लागेर मृत्यु भएको हो ।
साथै चट्याङ लागेर घाइते भएका उनका छोरा १८ वर्षीय लाल सिंह महराको प्रादेशिक अस्पताल महाकालीमा उपचार भइरहेको छ ।















प्रतिक्रिया