९ कार्तिक २०८३, सोमबार

जिल्ला प्रहरी कार्यालय बर्दियामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । जिल्ला प्रहरी कार्यालय बर्दिया र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज बाँकेको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

शुक्रबार प्रहरी कार्यालय बर्दियाको प्राङ्गणमा पूर्व प्रहरी कर्मचारी, अमर प्रहरी परिवार र बहालवाला प्रहरी कर्मचारीकालागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

उक्त कार्यक्रममा मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंज बांकेका विशेषज्ञ चिकित्सक सहित १४ जना स्वास्थकर्मी र भेरी अस्पताल बांकेका कार्डियोलोजिस्ट डाक्टर बिपिन आचार्य, अर्थोपेडिक डाक्टर राहुल मिश्र लगायतले नाक, कान, घाँटी, हाडजोर्नी, गोईनोलोजिस्ट, मुटु, डेण्टल, बल्ड प्रेसर र जनरल ओ.पि.डी. सेवा गरी जम्मा २२५ जनालाई निःशुल्क स्वास्थ्य चेकजाँच, परामर्श सेवा तथा औषधी समेत वितरण गरिएको थियो ।