९ कार्तिक २०८३, सोमबार

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कास्की, २५ असार । लागूऔषध मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने तिब्बत घर भएका ३० वर्षीय जिग्मे ल्हुण्डुपलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको २०७६ पुस २८ गतेको फैसलाले लागूऔषध गाँजा मुद्धामा ६ महिना कैद सजाय हुने गरी फैसला भएकोमा २ महिना ११ दिन कैद भुक्तान गरी ३ महिना १९ दिन सजाय भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई हेम्जाबाट पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।