३० आश्विन २०८३, शुक्रबार

बाबुराम भट्टराईको तर्कको ईश्वर पोखरेलबाट कडा प्रतिवाद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-Pokhrel-Baburam-Bhattarai

काठमाडौँ, २४ चैत । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आमहड्तालका विषयमा एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले गरेको तर्कप्रति कडा टिप्पणी गर्नुभएको छ ।

मंगलबार गरिएको आमहड्ताललाई डा. भट्टराईले ‘२०४६ सालको चैत्र २४ मा आयोजना गरिएको पन्चायती निरंकुशतालाई निर्णायक प्रहार गर्न आयोजना गरिएको आमहडताल र २०६२/६३ मा राजतन्त्रलाई ढाल्न आयोजना गरिएको अनिश्चितकालिन आमहडताल जस्तै ऐतिहासिक’ भनी तर्क गरेकोमा एमाले महासचिव पोखरेलले कडा प्रतिवाद गर्नुभएको हो ।

एमाओवादी वरिष्ठ नेता भट्टराईले मंगलबारबाट सुरु भएको तीन दिने आमहड्तालका विषयमा सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार सार्वजनिक गर्दै २०४६ साल र २०६३ सालको जनआन्दोलनसँग तुलना गर्नुभएको थियो । तर, आफ्नो फेसबुक पेजबाट त्यसको जबाफ दिँदै एमाले महासचिव पोखरेलले भन्नुभएको छ, ‘यो भन्दा पाखण्डी तथा ऐतिहासिक तथ्यहरू माथिको बलात्कारको मनसायबाट गरिएको तर्क अरू के हुनसक्छ ? दशकसम्म मुलुकको राजनीतिलाई हिंसा हत्याको पर्याय वनाउन दुस्साहस गर्नेहरू तथा अहिले आएर मुलुकलाई-मुलुकको राजनीतिलाई-अस्तव्यस्त, अराजक र औसरवादको फोहोरी आहालमा डुबाउन उद्दतहरूको यस्तो निर्लज्ज तर्कको भर्त्सना मात्र गर्न सकिन्छ ।’

एमाले महासचिव पोखरेलको टिप्पणी जस्ताको तस्तै:

Ishwar-Pokhrel

डा. भट्टराईको तर्क यस्तो थियो:

Babu-Ram-Bhattarai

डा. भट्टराईको यो तर्कका विषयमा उहाँको फेसबुक पेजमा सर्वसाधारणले तथानाम गाली समेत गरेका छन्, यो पनि पढ्नुहोस् :
बाबुरामलाई तथानाम गाली, कस्ले के-के भने ?