३० आश्विन २०८३, शुक्रबार

यात्रुवाहक बसमा तोडफोड, ड्राइभरको आँखा फुट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-tod-fodगौशाला, २४ चैत । तीस दलीय मोर्चाका नेता कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा एक यात्रुवाहक बसमा तोडफोड गरेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै सयौँको सङ्ख्यामा रहेका मोर्चाका नेता कार्यकर्ताले जलेश्वर नगरपालिका चौकमा ज.१ख६५९ नम्बरको मुना डिलक्स बसमा तोडफोड गरेका हुन् ।

तीस दलको तीनदिने बन्दी रहेको बेला पनि आज बिहान जिल्लाको सम्सीबाट यात्रु बोकेर आएको सो बसलाई मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गर्दै तोडफोड गरेका हुन् ।

ढुंगामुढाबाट ड्राइभरको आँखा फुटेको छ । अन्य यात्रुलाई भने चोट नलागेको प्रहरीले जनाएको छ । आँखामा गम्भिर चोट लागेका चालकलाई अस्पताल लगिदा डाक्टर आँखा देख्न नसक्ने बताएका छन् । मोर्चाको बन्दका कारण आज बिहानैदेखि महोत्तरीको जनजीवन प्रभावित बनेको छ भने कुनै पनि यातायातका साधन चलेका छैनन् ।
यसैबीच मोर्चाका नेता कार्यकर्ताले जिल्लाको सदरमुकाम जलेश्वरलगायत बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायत ठाउँमा पसल, बजार, कलकारखाना र उद्योगधन्दा बन्द गराउँदै हिँडेका छन् । रासस