१५ कार्तिक २०८३, आइतबार

लिए नयाँ ८ मन्त्रीहरुले सपथ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् ।

बिहीबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।

नयाँ सात मन्त्रीलाई राष्ट्रपतिले तथा एक राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराएका हुन् ।

आज थप भएका वन तथा वातावरणमन्त्रीमा नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा मोहन वानियाँ, गृहमन्त्रीमा खगराज अधिकारी, संचारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वनराज्यमन्त्रीमा आशा विक छन् ।