
काठमाडौँ, १६ जेठ । सेयर बजारमा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको सकारात्मक प्रभाव देखिएको छ ।
सरकारले बजेट ल्याएको भोलि पल्ट आइतबार सेयर बजारको दुनियाँमा नयाँ इतिहास रचेको छ ।
निजी क्षेत्रले बजेटको स्वागत गरेकाले सेयरमा सकारात्मक प्रभाव परेको हो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेको छ ।
त्यस्तै सेयर रकममा भने यसअिघ को पौने १५ अर्बको कारोबारको रेकर्ड तोडेर आइतबार कारोबार रकम १७ अर्ब नाघेको छ ।















प्रतिक्रिया