८ कार्तिक २०८३, आइतबार

नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्र्तगतको ८० हजार कित्ता शेयर बिक्रीगर्ने भएको छ ।

संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. १ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १६ गतेदेखि जेठ ३० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।