
काठमाडौँ, १५ जेठ । सरकारले कर्मचारीको मासिक २ हजार रुपैयाँ तलब बढाएको छ ।
शनिबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने वृद्धि गरेको बताएका छन् ।
अर्थमन्त्री पौडेलले भने, ‘राष्ट्र सेवकलाई प्रदान गरिने सेवा सुविधामा समय सापेक्ष बनाइनेछ । कोभिड–१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण तलबमानमा अपेक्षित वृद्धि गर्ने अनुकुल परिस्थिति नभएतापनि राष्ट्रसेवकको मनोबल उच्च बनाउन साउन १ गतेदेखि लागु हुनेगरी मासिक तलब रु २ हजार वृद्धि गरेको छु ।’ यस्तै महँगी भत्तालाई निरन्तरता दिएको पनि उनले बताए ।
निजामती कर्मचारीको रु १० लाखको दुर्घटना बीमा र रु १ लाखको स्वास्थय बीमा सरकारले गरिदिनेछ ।
निजामती सेवाको रिक्त पदपूर्ति ६ महिनाभित्र गर्ने व्यवस्था पनि मिलाइने पौडेलले बताए ।















प्रतिक्रिया