१५ कार्तिक २०८३, आइतबार

स्वास्थ्यको बजेट पहिलो पटक १ अर्ब बढी, के-केमा कति ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १ अर्ब बढी विनियोजन भएको छ ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷७९ को बजेटमा स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।

कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोडसहित कोरोना नियन्त्रण तथा रोकथामका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री पौडेलले निम्न शीर्षकमा बजेट विनियोजन गरेका छन् ।

  • औषधि खरिदका लागि ५ अर्ब ६० करोड
  • राजधानीमा ३०० शय्या र प्रदेशमा ५०–५० शैयाको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड
  • स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड
  • स्वास्थ्य स्वयंमसेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुग्यो
  • स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पुका लागि ७ अर्ब ५० करोड