१५ कार्तिक २०८३, आइतबार

कस्तो रहला आज दिनभरको मौसम ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल अर्नब चक्रवातको अवशेष न्यून चापीय क्षेत्रको रूपमा पश्चिम नेपाल नजिक रहेको र अपरान्हसम्म यसको असर नेपालमा देखिने तथा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ । साथै, माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा मध्यम किसिमको वर्षा तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

राति भने देशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्नेछ ।

चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउछाउ पहिरो जान सक्ने र सडक यातायात अवरुद्ध हुनसक्ने तथा सडक एवं हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।