२९ आश्विन २०८३, बिहिबार

बन्दरगाह र विमानस्थल सुचारु गर्न पहल गर्छु : मन्त्री आचार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim acharyaकञ्चनपुर । पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले जिल्लामा सुक्खा बन्दरगाह र बन्द विमानस्थल सञ्चालन गर्न सक्दो पहल गर्ने बताउनुभएको छ ।

भीमदत्त नगरपालिकाको मझगाउँमा रहेको बन्द विमानस्थलको बुधवार निरीक्षण गर्दै मन्त्री आचार्यले विमानस्थलको स्तरोन्नति गरी हवाईजहाज अवतरणका लागि वातावरण तयार गर्न पहल गरिने बताउनुभयो ।

यस्तै प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको निरीक्षण गर्दै मन्त्री आचार्यले बन्दरगाहको पूर्वाधार विकासका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

भारतको नयाँदिल्लीसँग व्यापार गर्नका लागि प्रस्तावित बन्दरगाह क्षेत्र छोटो पर्ने भएकाले व्यापारका लागि यो क्षेत्र उपयुक्त रहेको धारणा उहाँले व्यक्त गर्नुभयो । यसका लागि महाकाली नदीमा दुवै देशको सहमतिमा पक्की पुल बन्नुपर्ने उहाँको भनाइ थियो ।