
चितवन, ४ वैशाख । भरतपुर महानरगपालिका–२ क्षेत्रपुर बस्ने सप्तरी घर भएका २३ वर्षीय सुजित कुमार चौधरीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
भायानेट कम्पनीमा कार्यरत चौधरी भरतपुर महानगरपालिका–९ तिनतले चोकमा बिद्युत्को पोलमा चढेर काम गरिरहेको अवस्थामा एक्कासी करेन्ट लाग्दा गम्भीर घाइते भएपछि भरतपुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया