६ कार्तिक २०८३, शुक्रबार

पार्टीको विवाद समाधानका लागि एमालेमा बन्यो कार्यदल, को–को छन् कार्यदलमा ?

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेकपा एमालेको जारी विवाद निरुपणका लागि कार्यदल गठन गरिएको छ ।

आज आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको ओली–नेपालबीचको छलफलले संस्थापन र असन्तुष्ट पक्षका पाँच/पाँच जना नेता रहेको कार्यदल गठन गरेको हो ।

कार्यदलमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

पार्टीभित्रको विवाद समाधानको प्रयासस्वरूप आज नेताद्वय छलफलमा जुटेका थिए । नेकपाको एकता भंग भएर ब्युँतिएको एमालेको सम्पूर्ण संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काइनुपर्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालको एउटा समूह असन्तुष्ट बन्दै आएको छ ।

पछिल्लो समय पार्टी अध्यक्ष ओली करिब सोही मुद्दाको वरिपरि फर्किएको भन्दै दुई नेताबीच वार्ता र छलफल बाक्लिएको थियो । सोही अनुरुप आजको छलफलबाट कार्यदल गठन गरिएको हो । कार्यदलले पार्टीलाई २०७५ जेठ २ को वरपरको अवस्थामा फर्काएर विभाजनबाट रोक्ने अपेक्षा गरिएको छ ।