६ कार्तिक २०८३, शुक्रबार

ओमानबाट ल्याइएको ५६० थान अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले शुरू गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत हिजो शनिबार ओमानबाट ल्यायएको ५६० थान अक्सिजन सिलिण्डर आज आइतबार सरकारलाई हस्तान्तरण गरिएको छ ।

मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा हिजो नेपाल ल्याईका ७५ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरका ती अक्सिजन सिलिण्डर आज एक कार्यक्रमकाबीच संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

ओमानदेखि काठमाडौंसम्म ल्याइएको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । सिलिण्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले सबै प्रदेशमा वितरण गर्न अनुरोध गरेको छ । नेपालका विभिन्न स्थानहरुमा वितरण गर्न दाताहरुको अनुरोधसहितको पत्र समेत मन्त्री त्रिपाठीलाई सो अवसरमा पन्तले हस्तान्तरण गरेका छन् ।

अध्यक्ष पन्तले मध्यपूर्वदेखि अक्सिजन सिलिण्डर नेपाल ल्याउने अभियानमा विशेष पहलकदमी लिने ओमानका राजदूत शर्मिला पराजुलीसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानका सम्पूर्ण पदाधिकारीहरु, मध्यपूर्वमा रहेका संघका केन्द्रीय पदाधिकारीहरु, गैरआवासीय नेपाली संघ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्हरु त्यहाँस्थित नेपाली संघसंस्था लगायत मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुप्रति अध्यक्ष पन्तले आभार प्रकट गरेका छन् ।