
काठमाडौं, २ जेठ । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले घरबाटै बैंकिङ कारोबार गर्न सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।
कोभिड–१९ को दोस्रो लहर बढेको भन्दै संघले आज आइतबार विज्ञप्ति जारी गरी बैंकिङ कारोबार घरबाटै गर्न आग्रह गरेको हो । संघले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु गर्न सकिने बताएको छ ।
ग्राहकहरुको सहजताका निमित्त यस निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण समेत सम्बन्धित बैंकलाई ई–मेल मार्फत अनुरोध गर्न सकिने संघले जनाएको छ । संघले भनेको छ, ‘कुनै परिस्थितिवस ई–मेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिनपछि म्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरी नवीकरण गर्न सकिनेछ ।’















प्रतिक्रिया