
बर्दिया, २ जेठ । जिल्ला प्रहरी कार्यालय बर्दियाले टाँगाचालक र माटोका भाँडा बनाउने समुदायलाई मास्क र साबुन वितरण गरेको छ ।
जिल्लाको गुलरिया नगरपालिका–७ महाकवि देवकोटा स्कूल टोलमा रहेका टाँगा चालक र माटोका भाँडा बनाउने समुदायलाई जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले उक्त स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
नयाँ भेरियन्टसहितको कोभिड संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्ने, साबुन पानस्ले हात धुने, अनावश्यक रुपमा बाहिर हिडडुल नगर्ने, एक–आपसमा २ मिटरको भौतिक दूरी कायम राख्नेजस्ता सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्दै मास्क तथा साबुन वितरण गरिएको कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीले जानकारी दिएका छन् ।















प्रतिक्रिया