६ कार्तिक २०८३, शुक्रबार

विभिन्न अवैध हातहतियार तथा सामानसहित चार जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २ जेठ । विभिन्न अवैध हातहतियार तथा सामानसहित खोटाङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा अवैध सामानसहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ४२ वर्षीय डम्बर बहादुर कार्की, उनकै भाइहरु ३५ वर्षीय द्रोण कुमार कार्की तथा २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बहादुर बिक छन् ।

उनीहरुमध्ये डम्बर बहादुरको घरबाट १ थान भरुवा बन्दुक, ५० ग्राम बारुद, ३९ बट्टा सलाई, २५ ग्राम गन्धक, १ किलो ६८० ग्राम सोडा, भरुवा बन्दुकमा प्रयोग हुने फलामको धातुको छर्रा, सिङ सहितको मृगको टाउको, जंगली जनावर सालकको ४८० ग्राम खबेटा, द्रोण कुमारको घरबाट १ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा, १ किलो २०० ग्राम सोडा, ४० ग्राम गन्धक, रबिन्द्रको घरबाट १ थान भरुवा बन्दुक, ५० ग्राम फलामको छर्रा र कृष्ण बहादुरको घरबाट बनाउँदै गरेको बन्दुकको १ थान बट, भरुवा बन्दुकको नाल जस्तो देखिने ५ थान फलामको पाईपहरु, भरुवा बन्दुकको गज जस्तो देखिने १ थान फलामको रड, बन्दुक बनाउने फलामको छिनो, रेती समेतका औजार र सामग्रीहरु प्रहरीले बरामद भएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।