
काठमाडौं, १ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को आरोहणका लागि हिँडेका आरोहीहरुलाई चीनले बाटोबाटै फर्काएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाउँदै आरोहीहरुलाई फर्काएको हो । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएपछि चीनले उच्च सावधानी अपनाउँदै आरोहणमा रोक लगाएको बताएको छ ।
समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरेको हो । चीनले यो सिजनमा ३८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको त्यसमध्ये सबै चिनियाँ नागरिक थिए ।
चीनले आरोहण स्थगित गर्ने निर्णय गरेपछि ती सबै चिनियाँ आरोही बीचबाटै फर्किएको जनाइएको छ ।















प्रतिक्रिया