काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी नेपाल –जसपा)का अध्यक्ष महन्थ ठाकुरले भक्तपुरको डोलेश्वर भिलेज रिसोर्ट एण्ड हाउस प्रालिको बिल चुक्ता गरेका छन् ।
आफ्ना स्वकीय सचिव सत्यन्द्र मिश्रामार्फत ठाकुरले ९० हजार ६१ रुपियाँ तिरेका हुन् । मिश्रले वैशाख ३१ गते रिसोर्टमा पुगेर पैसा तिरेको डोलेश्वर भिलेज रिसोर्टले जनाएको छ ।
जसपाका सांसद, सहयोगीलगायत ३० जनाले खाना खाएका थिए । बैठकका लागि हलको ११ हजार चार्ज तिरिएको छ । त्यसमा हाई टीको व्यवस्था थियो ।
लञ्च प्याकेजमा एक जना बराबर १४९० रुपियाँ तिरिएको छ । लञ्च ३० जनाले खाएका छन् ।
ठाकुर समूहले आफ्ना सांसदहरूलाई रिसोर्टमा राखेर लाखौँ रुपियाँ खर्च गरेको भनेर चर्चा भइरहेका बेला जसपाले रिसोर्टमा तिरेको बिल सार्वजनिक गरेको छ । बिल जसपाको नाममा काटिएको छ ।
रिसोर्टमा जसपाका सांसदहरूलाई एमालेका नेता महेश बस्नेतले पुर्याएका थिए । बिल भने ठाकुरले तिरेका छन् । सांसदहरूले होटेलमा खाएको ह्वीकीको पैसा बिलमा उल्लेख छैन ।