९ कार्तिक २०८३, सोमबार

अन्तत: ओली-नेपाल पक्षबीच भयाे यस्ताे सहमति

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । नेकपा एमालेको विवादलाई कार्यादल गठन गरेर २०७५ जेठ २ गतेको वरपरमा समाधान गर्ने सहमति भएको छ ।

शुक्रबार सिंहदरबारमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीचको वार्तामा यस्तो सहमति भएको नेता भीम रावलले जानकारी दिएका छन् ।

त्यस्तै, कार्यदल गठनको जिम्मा अध्यक्ष ओली र नेता नेपाललाई दिइएको बताइएको छ । त्यस्तै, नेताहरुले शुक्रबार भएको बैठक सकारात्मक र सौहार्दपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् ।

बैठक करिब ३ घण्टा बसेको बैठकमा माधव पक्षले तीन एजेण्डा पेश गरेका थिए । माधव पक्षका एजेण्डामा ओली पनि सकारात्मक रहेको बताइएको छ ।