९ कार्तिक २०८३, सोमबार

कोरोना संक्रमितको शव जलाउनेलाई एक हजार प्रोत्साहन भत्ता

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । सरकारले पशुपति आर्यघाटमा कोरोना संक्रमितको शव दाहसंस्कार गर्नेलाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पशुपति आर्यघाटमा कोभिड १९ सङ्क्रमित भएकाको शव दाहसंस्कारमा संलग्न हुने कर्ममचारीलाई प्रोत्साहन भत्तास्वरूप एक हजार रुपैयाँ दिने निर्णयको फाइल सदर गरेका छन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री ढकालले फाइल सदर गरेका हुन् ।

यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहसंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।

यस्तै मन्त्री ढकालले कोभिड १९ का कारण थला परेको पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुने गरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । उनले नीति र बजेट दुवै प्रभावकारी हुने गरी तयारी गर्न निर्देशन दिए ।

ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरि काम गर्न पनि ढकालले निर्देशन दिए ।

उनले विगतमा जस्तै भोलिका दिनमा सहयोग हुने अपेक्षा व्यक्त गरे । समयको मागअनुसार व्यवहार गर्नुपर्ने भन्दै उनले सेवामा समर्पित हुनुपर्ने बताए । साथै मन्त्री ढकालले कुनै समस्या भए आफूसँग ढुक्कले राख्न अनुरोध गरे ।