
काठमाडौं, ३१ वैशाख । नयाँ शक्ति पार्टीका संयोजक रवि किरण हमालले अमेरिकी रास्ट्रपतिलाई चिठी लेख्दै कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्न आग्रह गरेका छन् ।
स्वास्थ सामग्री साथै भ्याक्सिन सहयोग गर्न उनले अनुरोध गरेका छन् । शुक्रबार एक पत्रमार्फत रास्ट्रपति जोई बाइडेनलाई संकटको समयमा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएकोमा धन्यवाद समेत दिएका छन् ।
उनले लेखेका छन्, ‘नेपाल सरकारको सम्पुर्ण ध्यान कोभिड–१९ विरुद्ध भए पनि पर्याप्त नभएका कारण अमेरिकी सहयोग आवश्यक छ ।’ चिठीको अन्त्यमा उनले लेखेका छन्, ‘नेपाल–अमेरिका सम्बन्ध जिन्दावाद !’
















प्रतिक्रिया