६ कार्तिक २०८३, शुक्रबार

सुनको मूल्य स्थिर रहँदा आज चाँदीको मूल्य ५ रुपैयाँले घट्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा ५ रुपैयाँले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज पनि प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ नै कायम गरिएको छ ।

महासंघका अनुसार, सुनको मूल्य स्थिर रहे पनि आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३३० रुपैयाँ कायम गरिएको छ ।