
काठमाडौं, ३१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।
इस्लाम धर्मावलम्बीको महान् चाड इद (इद–उल–फित्र) को अवसरमा संसारभर रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना सन्देश जारी गर्दै सो कुरा बताएकी हुन् ।
यो चाड विशेषगरी नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौँ, सप्तरी, मोरङ, सुनसरीलगायतका जिल्लामा मनाइने र यो पर्व सांस्कृतिक एवं सामाजिक विविधताको मौलिक पहिचान भएको राष्ट्रपति भण्डारीको भनाइ छ ।
‘यही विविधता बीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्ने मलाई लागेको छ,’ सन्देशमा भनिएको छ, ‘‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो नयाँ स्वरुपमा नेपालमा पनि देखा परेकोले यसबाट बच्नका लागि भीडभाड नगरी नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी इद (इद–उल–फित्र) मनाउन पनि उनले विशेष आग्रह गरेकी छिन् ।















प्रतिक्रिया