
काठमाडौं, ३० वैशाख । नयाँ सत्ता गठबन्धनमा सहभागी नहुने भन्दै जनता समाजवादी पार्टी (जसपा)का १७ जनामध्ये १३ जना सांसद भक्तपुरको एक रिसोर्टमा पुगेका छन् ।
स्रोतका अनुसार जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरू त्यहाँ पुगेका हुन् । आज बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाटैक एकसाथ उनीहरू रिसोर्टतिर लागेको हुन् । राजेन्द्र महतोसहितका सांसदहरू अज्ञात रिसोर्टमा पुगेका हुन् ।
रिसोर्ट पुगेका जसपाका बहुमत सांसदहरू अहिले विशेष भेला गरिरहेका छन् भने उनीहरु आज उतै बस्ने समेत बताइएको छ ।















प्रतिक्रिया