
काठमाडौं, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।
अध्यक्ष ओलीको प्रस्तावमा नेता नेपाल भेटवार्ताका लागि सहमत भएको बताइएको छ । कहाँ र कतिबेला भेट्ने भन्ने तय हुन बाँकी छ ।
आजै बिहान बसेको एमाले स्थायी कमिटीले पार्टी एकता जोगाउनका लागि नेपालसहित उनको समूहका ४ जना नेताको कारबाही समेत फिर्ता लिएको छ ।















प्रतिक्रिया