६ कार्तिक २०८३, शुक्रबार

५० शैय्याको तुलसीपुर कोरोना आइसोलेशनमा सेवा शुरू

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), २८ वैशाख । तुलसीपुर कोरोना आइसोलेशन अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार शुरू भएको छ ।

अक्सिजनसहितको ५० शैय्याको अस्पतालको सम्पूर्ण तयारी पूरा भएपछि सोमबार राति पौने ११ बजेदेखि सेवा सुभारम्भ भएको हो । अस्पतालमा पहिलो दिन तुलसीपुर उपमहानगरपालिका–८ र तुलसीपुर उपमहानगरपालिका –६ निवासी दुई जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् ।

निरन्तरको मेहनत र संघर्षपछि तुलसीपुर कोरोना आइसोलेसन अस्पताल सञ्चालनमा आएको तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । अस्पतालमा सेवा सुचारु भएसँगै नगरप्रमुख पाण्डेले एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा सञ्चालनमा विभिन्न तह र क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

‘तुलसीपुर कोरोना आइसोलेसन हस्पिटल तुलसीपुर–८ अस्वारामा सेवा प्रारम्भ भएको छ । अहोरात्र खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निर्माणमा खट्ने निर्माण व्यवसायी, तथा मजदुर, सहयोगी महानुभावहरू कर्मचारी, स्वयंमसेवक र स्थानीय दाजुभाइ दिदीबहीनीहरू सबैलाई धन्यवाद ।