
काठमाडौं, २८ वैशाख । विश्वासको मत नदिएर आफ्नै पार्टीको सत्ता ढालेको नेकपाका असन्तुष्ट पक्ष माधव–झलनाथ समूह भावी राणनीति निर्माणका लागि पुनः छलफलमा जुट्ने भएको छ ।
सांसद पदबाट राजीनामा नदिई संसदमा अनुपस्थित भएका उनीहरुले अब कस्तो रणनीति अपनाउने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएका छन् । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच हुने उक्त बैठक भर्चुअल रुपमा आयोजना गर्न लागिएको बताइएको छ ।
ह्वीप उल्लंघन गरेका सो समूहका २८ जना सांसदमाथि पार्टीले कारबाही गर्न सक्ने अवस्थाकाबीच उनीहरु बैठक बस्न लागेका हुन् । यद्यपि पार्टीले कारबाही गर्ने छनक भने देखाएको छैन ।
नयाँ सत्ता समीकरणमा समेत सो समूहको राम्रो प्रभाव रहन सक्ने आँकलन भइरहेका बेला बस्न लागेको बैठकले के–कस्तो निर्णय गर्छ भन्नेमा गठबन्धनका दल तथा नेताहरु समेत पर्खाइमा छन् ।
समूहले सहमतिलाई नै जोड दिएर रणनीति निर्माण गर्ने एक नेताले जानकारी दिएका छन् । संस्थापन पक्ष केही लचिलो बने आफूहरु पनि लचिलो हुँदै सकेसम्म पार्टी एकता र क्मयुनिष्ट आन्दोलनलाई जोगाउने पक्षमै आफूहरु रहेको ती नेताको भनाइ छ ।
तर, पार्टीले सांसदहरुलाई कारबाही गरेर धकेलेको स्थितिमा भने समूहले नयाँ पार्टी बनाउनेसम्मको गृहकार्य भइरहेको समेत स्रोतको दाबी छ ।















प्रतिक्रिया