६ कार्तिक २०८३, शुक्रबार

बिहीबार राति ९ बजेभित्र बहुमतीय सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते राति ९ बजेभित्र बहुमतीय सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी छिन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई तोकिएको समयभित्र राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गर्न राष्ट्रपति कार्यालयले आह्वान गरेको छ ।

संविधानको धारा ७६ को उपधारा (२) बमोजिम २०७४ फागुन ३ गते नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मत नपाएपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आग्रह गरेकी हुन् ।