६ कार्तिक २०८३, शुक्रबार

एकैदिन थप १३९ जना संक्रमितको मृत्यु, ४,००७ जना डिस्चार्ज

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १३९ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ । यसअघि आइतबार ८,८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।

यस्तै आज ४ हजार ७ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसलाई परास्त गर्नेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ ।