६ कार्तिक २०८३, शुक्रबार

यी हुन् प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित माधव नेपाल पक्षका २८ सांसद

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीका २८ जना सांसदले विश्वासको मत दिएनन् ।

माधव–झलनाथ समूहका २८ जना सांसद मतदानमा अनुपस्थित रहे पनि सोही समूहका अन्य ८ जना सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् ।

आज विश्वासको मत नदिनेहरुमा माधवकुमार नेपाल, भीमबहादुर रावल, योगेश भट्टराई, झलनाथ खनाल, पवित्रा निरौला खरेल, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा र घनश्याम भुसाल छन् ।

त्यस्तै गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, दिपकप्रकाश भट्ट, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, लक्ष्मीकुमारी चौधरी र मुकुन्द न्यौपानेले पाि प्रधानमन्त्रीलाई मत नदिई अनुपस्थित रहे ।

तर, माधव नेपाल पक्षका राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगरले भने प्रधानमन्त्रीलाई मत दिएका छन् ।