
काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाउने बताएका छन् ।
संसद बैठकलाई सम्बोधन गर्दै उनले ओलीको विपक्षमा मतदान गर्ने स्पष्ट पार्दै अर्को सरकार गठनको प्रक्रिया प्रारम्भ गर्नुपर्ने बताएका छन् । देउवाले संविधानको धारा ७६ (२) बमोजिम अर्को सरकार गठन प्रक्रिया थाल्न संसदसमक्ष माग गरेका छन् ।















प्रतिक्रिया